लागु औषधसहित ३ जना पक्राउ

38

विराटनगर, २६ माघ । झापा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागु औषध (ब्राउन सुगर र औषधि)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बास्थित इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका–५ का २६ वर्षीय रोजन मोहोरा र २४ वर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर १ ग्राम बरामद भएसँगै नियन्त्रणमा लिएको हो ।

यस्तै, विराटनगर महानगरपालिका–१५ मा लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका अग्निसाइर कृष्णासवरण–३ सप्तरीका २० वर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिकसहित ६४ एम्पुल लागु औषध बरामद गरेको हो ।

लागु औषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...