किमाथांका नाका खुलाकाे माग गर्दै ज्ञापन पत्र

79

काठमाडौँ, २६ माघ । कोरोना महामारीसँगै बन्द रहेको किमाथांका नाका आन्तरिक प्रयोजनका लागि खुलाई दिन सहजीकरणको माग गर्दै सीमावासीहरूले सरकारसँग माग गरेका छन् ।

सङ्खुवासभाको भोटखोला र चीनको सीमासँग जोडिएको उक्त नाका बन्द हुँदा सीमावासीले सास्ती खेप्नु परेको भन्दै नाका खुला गर्न परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग माग गरेका हुन् ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर भोटेसहितको टोलीले बुधबार मन्त्री डा.पौड्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...