सशस्त्र प्रहरी नायब महानिरीक्षकमा ४ जना बढुवा सिफारिस

64

काठमाडौँ, २६ माघ । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा चारजना बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेसकुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीमा ४ जना डिआइजीको पद रिक्त छ । सो रिक्त पदमा श्रेष्ठसहित अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरूषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणदत्त पौडेलले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...