संसद् भवनभित्र पत्रकार भेटघाट कक्ष बनाऔँ : सुवास नेम्वाङ

45

काठमाडौँ, २६ माघ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । संसद् भवको मूलगेटमा पत्रकारहरू बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्यार बस्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई व्यवस्थित गर्नका लागि पत्रकार भेटघाट कक्ष उपयुक्त हुने उनको भनाइ थियो ।

“त्यो गेटभन्दा बाहिर क्यामेराको स्ट्यान्ड लगाएर बन्दुक तेर्स्याएर बसे जस्तो लाग्ने उहाँहरू बिचरा त्यो लिएर कुँदिरहनु पर्ने । अलि कस्तो कस्तो लाग्दो रहेछ त्यो । त्यसकारण यत्रो त गरिरहेका छौँ हामीले । प्रेसमिट रूम एउटा भव्य बनाऔँ न । जहाँ केही पर्‍यो भने माननीय सदस्यहरू पनि जानुहुन्छ । दलका नेताहरू पनि जानुहुन्छ । पत्रकार साथीहरू पनि त्यहाँ बस्नुहुन्छ । प्रवक्तालाई पनि सजिलो, त्यहाँ जानुहुन्छ । त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर यो भव्य व्यवस्था गरौँ भन्ने आग्रह छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...