कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

34

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनुवाइ आज हुने भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरूद्ध सो रिट निवेदन दिएपछि आज सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् ।

न्यायाधीश मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलले रिट निवेदन दर्ता भएको हो । आज २५ माघमा पहिलो पेसी तोकिएको छ ।

यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...