काठमाडौँ, २४ माघ । अवस्था ठिक नभएका २१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २१ वटन सवारी साधन चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमाण्डमा दक्ष तालिमप्राप्त प्राविधिकसहितको टोलीले कलंकीमा १ सयभन्दा बढी सवारी साधन चेक गरेको थियो ।
चेकजाँचमा ह्यान्डब्रेक ठिक नभएका, टायर धेरै घिस्रिएकालगायत सवारी साधनका चालक कारबाहीमा परे ।