सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

25

काठमाडौँ, २४ माघ । सिंगापुरलगायतका देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले भीमबहादुर रानासमेत गरी ७ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायत देशमा पठाइदिने प्रलोभन दिइ प्रतिव्यक्ति १० ला रूपैयाँ गरी ५७ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...