युएईमा एक नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

68

काठमाडौँ, २१ माघ । कतारमा कार्यरत नेपाली युवा रञ्जितकुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात् झन्डै ८२ करोड नेपाली रूपैयाँ जितेका छन् ।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए ।

रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपाल रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ ।

ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए । दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विजेश विश्वनाथले १ मिलियन दिराम, शिवु म्याथ्युले १ लाख दिराम र अजित रामचन्द्रकैमलले ५० हजार दिराम रकम चिठ्ठा जितेका थिए । यस्तै, सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...