ब्राउन सुगरसहित २ जना पक्राउ

41

मोरङ, २० माघ । मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री धरान उपमहानगरपालिका–५ का २२ वर्षीय अमन अछामे र २२ वर्षीय सञ्जीव विश्वकर्माको साथबाट १ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...