नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षको सरूवा, को कहाँ पुगे ? [सूचीसहित]

79

काठमाडौँ, १९ माघ । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ । यसअघि भएको काजलाई समेत नियमितमा परिणत गर्दै सरूवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरूवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो । प्रहरी प्रधान कार्यालयले यसअघि काज सरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो ।

सरूवा भएका विभिन्न एसपीहरू यसअघि नै काज सरूवाका रूपमा त्यहाँ पुगिसकेका छन् ।

बिहीबार निकालिएको सरूवापछि कमल थापा कञ्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, कृष्ण कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकनन्द इवा लिम्बू सिरहा, नवीनकिशोर प्रधान गुल्मी, नरेन्द्रकुमार कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासी, भरतबहादुर विक रूपन्देही, भाग्येन्द्रपुरूष ढकाल काभ्रे, योगेन्द्रकुमार खड्का बागलुङ, सञ्जयबहादुर राउत स्याङ्जा र सुधीरराज शाही बर्दिया प्रहरी प्रमुखका रूपमा सरूवा भएका छन् ।

nepal-police-sp-transfer
Share This:
सम्बन्धित खबर
Loading...