विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

29

काठमाडौँ, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ२५७३ मा गएराति १२ बजे विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अबुधावी बर्थप्लेस भएका ३५ वर्षीय मोहम्मद कमल मोहगोब रहेका छन् । उनी पहिलो पटक नेपाल आएको पाण्डेको भनाइ छ ।

उनले शरीरमा पेटी बनाएर १ किलोका ८ वटा बिस्कुट आकारको सुन र एक किलो गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए ।

उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...