कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार

29

काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपिठ) गरेको छ ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरा अदालत प्रवेश गर्न नमिल्ने उल्लेख दरपिठ गएका हुन् । प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसद्लाई भएकाले अदालतबाट व्याख्या गर्न नमिल्ने र सार्वजनिक सरोकारमा विषयका रुपमा आएको उक्त रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको दरपिठ आदेशमा उल्लेख छ ।

सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदन दरपिठ भएको हो ।

रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षको अधिकार दिन नमिल्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डलाई गत पुस २६ कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...