स्वास्थ्य राज्यमन्त्री कार्कीले भनिन्– स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस्

52

काठमाडौँ, १७ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन् ।

मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरू, कस्मेस्युटिकल प्रोडक्टहरू बजारमा आउनुभन्दा अघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन् ।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरूको आफूखुसी प्रयोग हुने र औषधिहरू पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरूरी भएको बताइन् ।

उनले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै ‘कम्प्रमाइज’ गर्नु नहुने बताइन् । उनले देशभित्रै औषधिहरूको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...