काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् ।
उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।
यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
लामिछानले गृहमन्त्री नरहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ । पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ ।