धनकुटा महोत्सवबाट ७ करोडको व्यापार

43

धनकुटा, १७ माघ । सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ ।

उद्योग वाणिज्य संघ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नम्बर ‘१’ का प्रदेशसभा सदस्य निरन राईले आज समापन गरेका छन् ।

सोमबारसम्म चल्ने उक्त महोत्सव थप दुई दिन समय थप्ने तयारी भए पनि १४ गते राति गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आउने भीडले किचेर ३० जना घाइते भएपछि महोत्सवको विधिवत् रूपमा समापन गरिएको हो ।

एक सय ८० स्टल रहेको महोत्सवमासात करोड बराबरको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...