बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

43

काठमाडौँ, १७ माघ । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन् ।

नाइन न्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो ।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनलाई रिपोर्ट गरेका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।

यो कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...