आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

31

पोखरा, १६ माघ । पोखरा महानगरपालिका–१३ काहुँखोलामा आइतबार डेरावाल पुरूषलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

काहुँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे ।

आइतबार सापकोटाको घरमा बस्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले शरीरमा पेट्रोल छर्किएर बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । त्यसक्रममा उनलाई बचाउन गएकी घरभेटी सापकोटा जलेर गम्भीर घाइते भएकी थिइन् ।

उनीहरू दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । क्षेत्रीले सापकोटाको घरमा स्टेसनरी सञ्चालन गर्दै आएका थिए ।

अस्पतालमा उपचाररत क्षेत्रको हात, खुट्टा र अनुहार जलेको छ । उनले आत्मदाहको प्रसाय गर्नुको कारण भने हालसम्म खुलेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...