सहिदको सम्मानमा बलिदान होइन, योगदान गरौँ : बालेन साह

65

काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बलिदान नभई देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् । सोमबार सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अमर सहिदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएको उनले बताए । “अमर सहिदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएका छौँ,” मेयर साहले भने, “यो दिनलाई मैले महत्वपूर्ण दिनका रूपमा लिएको छु । सहिदहरूले आफ्ना सन्ततिहरूको उज्जवल भविष्यका लागि प्राण आहुति नै गर्नुभयो ।”

सहिदहरूले आफ्ना सन्ततिहरूको उज्वल भविष्यका लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभई देशका लागि योगदान गरेर देखाउनुपर्ने पनि उनले बताए ।

“हामी सन्ततिहरूका लागि उहाँहरूको सुनौलो सपना थियो । आज सहिदहरूले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर सहिदहरूको आत्मले शान्ति पाउँछ,” उनले भने, “अमर सहिदहरूको सपना साकार पार्न सबै आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सबै समक्ष यही अनुरोध छ ।

सहिदहरूले भावी सन्ततिका लागि सुनौले सपना देखेर आफ्नो बलिदान दिएकाले सहिदहरूको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...