युटिएललाई ५ अर्ब ३० करोड बढी बक्यौता रकम तिर्न ताकेता

90

काठमाडौँ, १६ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)लाई ५ अर्ब ३० करोडभन्दा बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रूपैयाँ बाँकी बक्यौता रकम माघ मसान्तसम्म बुझाइसक्न भनेको हो ।

प्राधिकरणका अनुसार २०७३ भदौ २० गते युटिएलका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी गरिएको थियो । त्यसपश्चात युटिएलबाट नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता, फ्रिक्वेन्सी, रायल्टी र ग्रामिण दूरसञ्चार विकास कोषलगायतको बक्यौता रकम दाखिला गर्न बाँकी छ ।

माघ मसान्तभित्र बक्यौता रकम नतिरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...