देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ : शेखर कोइराला

34

विराटनगर, १४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् ।

नेपाल प्रेस युनियन प्रदेश नम्बर १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुनपर्ने धारणा राखे । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो ।

“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठुलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बन्न सक्ने सम्भावना छ,” उनले भने । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठिन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरूपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे संघीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे ।

“कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजश्व बढाउनुपर्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...