भक्तपुरमा एटिएम फोड्न खोज्ने एक जना पक्राउ

33

भक्तपुर, १४ माघ । प्रहरीले एटिएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।

उनले माघ ११ गते बुधबार राति नौ बजे एटिएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९ः२५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।

हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशस्त्र प्रहरीको पूर्वकर्मचारीसमेत रहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...