माओवादीको निर्णय– राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

105

काठमाडौँ, १३ माघ । सरकार नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोज्ने निर्णय गरेको छ ।

कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दुईदिन चलेको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

भावी राष्ट्रपतिको विषय सत्तारुढ दलभित्र संशय पैदा गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । राष्ट्रपतिमा कांग्रेस र एमालेले आकांक्षा देखाइरहेका बेला माओवादीको निर्णय प्रतिक्षा बनेको थियो ।

माओवादीको उक्त निर्णयले कांग्रेस र एमालेसँग मात्र राष्ट्रपतिको विषयमा सहमति नहुने प्रवक्ता महराको भनाइ छ । राष्ट्रपतिका विषयमा सबै राजनीति दलसँग छलफल गर्ने उनले जानकारी दिए ।

एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...