झुठा विवरण पेस गरी नागरिकता लिएको अभियोगमा महिला पक्राउ

64

काठमाडौँ, १३ माघ । झुठा विवरण देखाइ नागरिकता लिएको कसुरमा काठमाडौँबाट एक महिला पक्राउ परेकी छन् ।

बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका–८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

झुठा विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...