गृहमन्त्री लामिछाने र मेयर बालेन साहबीच भेटवार्ता

88

काठमाडौँ, १२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ ।

भेटमा महानगरभित्रको सुकुमबासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुमबासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।

केही समयअघि काठमाडौँ महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुमबासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जबाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएर मात्रै सुकुमबासी समस्या समाधान गर्ने जनाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...