सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागु गरौँ : ज्ञानेन्द्र शाही

220

काठमाडौँ, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सांसदहरूका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागु गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सांसदहरूका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागु गरेमात्रै सरकारी विद्यालयमा सुधार हुने बताए । उनले भने, “सम्माननीय माननीयज्यूको छोराछोरीलाई नेपालको सरकारी स्कुलमा पढाऔँ । आजदेखि नीति लागु गरौँ तब मात्र नेपालको सरकारी विद्यालय सुध्रिन्छ ।”

शाहीले समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानतासाथ अगाडि बढाउने हिम्मत राख्न सक्नुपर्ने पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...