मन्त्रिपरिषद्‌मा बसेर संघीयता र गणतन्त्रविरूद्ध बोल्ने छुट कसैलाई छैन : प्रधानमन्त्री प्रचण्ड

25

काठमाडौँ, १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरूदेखि नै संघीयता, समावेशी र समानुपातिक लोकतन्त्र र गणतन्त्रको बारेमा बहस चल्दै आएको भएपनि कार्यान्वयनमा भने कमजोरी भएको स्वीकार गरेका छन् ।

उनले आफ्नै मन्त्रिपरिषद्‌मा रहेका मन्त्री पनि संघीयताको विरूद्धमा बोल्दै हिँडेको भन्दै स्पष्टीकरणको विषय हुने बताए ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले संविधान कार्यान्वयनको चरणमा अघि बढ्दा पुनः समस्या सुरू भएको उनले बताए ।

मन्त्रिमण्डलभित्रबसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरूद्ध बोल्ने अधिकार कसैलाई पनि नभएको उनले बताए ।

“मैले त यो कुरा प्रत्यक्ष हेरेको पनि होइन । मेरै क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर यहाँ सुनाउनुभयो । मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो स्पष्टीकरणको विषय हुन्छ । मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै माननीय सदस्य र राजनीतिक दललाई पनि हुन्छ । मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरूद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रूपले हुन सक्दैन । यो स्पष्टीकरणको विषय हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...