सेयर १३.७१ अंकले घट्यो

21

काठमाडौँ, ९ माघ । सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २ हजार १६५.१० बिन्दुमा आएर रोकिएको छ ।

साथै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ ।

यस्तै, आज कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसी एसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी, आदर्श लघुवित्त बित्तीय संस्था, सानिमा जिआइसी बिमा, कुमारी बैंक,  स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल ४१ कम्पनीमा उकलो लागेको छ भने १६६ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उप सूचकहरुमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...