काठमाडौँ, ९ माघ । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् । उनी माओवादीका उपमहासचिव पनि हुन् ।