भरुवा बन्दुकसहित एकजना पक्राउ

88

खाँदबारी, २६ पुस । भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का ३८ वर्षीय टेकबहादुर राई रहेका छन् ।

राईले घरमा नै अवैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले गत २० गते राईलाई भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बिष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...