विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

35

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसद्‌मा विश्वासको मत लिने भएका छन् ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर,  विश्वासको मतका लागि न्यूनतम १३८ मत चाहिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...