तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले पनि लिए शपथ

42

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उनीहरूले शपथ लिएका हुन् ।

विष्णु पौडेलले उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार, रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका  छन् । तर, उनीहरूको मन्त्रालय तोकिएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...