काठमाडौँ, ११ पुस । नेपालका ४४औँ प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा सोमाबार आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा.बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री प्रचण्डले शपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि शपथ लिएका छन् ।