काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।
माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो ।
बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।