सुनको मूल्य ३०० रूपैयाँले बढ्यो

32

काठमाडौँ, ७ पुस । सुनको मूल्य नेपाली बजारमा बिहीबार प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...