मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहोर्‍याउन मन छ : मुख्यमन्त्री राई

75

विराटनगर, २२ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् ।

विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले मुख्यमन्त्रीको रूपमा आफूलाई कार्यकाल दोहोर्‍याउन मन लागेको बताए ।

हालै सम्पन्न निर्वाचनमा मुख्यमन्त्री राईले सत्ता गठबन्धनको तर्फबाट भोजपुर १ (१) को प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

यस प्रदेशमा प्रत्यक्षतर्फ नेकपा (एमाले)ले २५, नेपाली कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले ९, नेकपा (एकीकृत समाजवादी)ले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा जित हासिल गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...