काठमाडौँ, १९ मंसिर । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् ।
नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।
कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी शिवाकोटीले ३६ हजार ४७७ मत ल्याए । उनीहरूबीचको मतान्तर ३१८ रहेको छ ।