समानुपातिक मतपेटिकामा फेला परेका प्रत्यक्षतर्फको मत गन्दा पनि पाँचथरमा नेम्वाङ नै विजयी

39

पाँचथर, १४ मंसिर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार बसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् । प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा फेला परेपछि यहाँ निर्वाचन आयोगले कसैलाई पनि निर्वाचित भएको घोषणा गरेको थिएन ।

समानुपातिकतर्फका मत गणना सकेपछि मंगलबार बेलुकी एमालेका बसन्तलाई मुख्य निर्वाचन अधिकृत कार्यालयले विजयी भएको प्रमाणपत्र दिएको छ ।

४ दिनअघि प्रत्यक्षतर्फको मतपेटिकाका मग गणना गर्दा नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेभन्दा ४७ मतान्तरले अघि थिए । तर, समानुपातिकमा भेटिएका मतहरू गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका छन् ।

नेम्वाङले ३२ हजार १३५ मत ल्याए भने आङ्देम्बेले ३२ हजार ७८ मत मात्रै ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमलबहादुर चेम्जोङले १ हजार २७४ मत ल्याए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले एक हजार ११ मत ल्याएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...