सुकुमबासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियूमा

46

काठमाडौँ, १३ मंसिर । सोमबार दिउँसो थापाथलीस्थित सुकुमबासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौँ महानगरका तीन जना प्रहरीको आइसियूमा राखेर उपचार भइरहेको छ ।

स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ ।

सोमबार साँझ एक विज्ञप्तिमार्फत् महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानुन बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ ।

उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...