धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प

32

धनकुटा, १२ मंसिर । धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रबिन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको थियो । केहीदिन पहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...