सङ्खुवासभा प्रदेशसभा–२ मा एमालेका लिंथेप विजयी

89

खाँदबारी, १० मंसिर । सङ्खुवासभा प्रदेशसभा (२) मा नेकपा (एमाले)का विदुरकुमार लिंथेप निर्वाचित भएका छन् । एमालेका लिंथेपले १५ हजार ४८२ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा.इन्द्र सापकोटाले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का सरिता खड्काले १५ हजार २४२ मत ल्याइन् । एमालेका लिंथेप २४० मतान्तरले विजयी भएका हुन् । खड्का अघिल्लो निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेकी थिइन् ।्

एमालेका लिंथेप २०७४ को स्थानीय तह निर्वाचनमा मादी नगरपालिकाका प्रमुख भएका थिए । जिल्लामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् ।

जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार ३३७ मत खसेको थियो । त्यसमा एक हजार ७२ मत बदर भएको थियो । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (२) मा ३४ हजार मत खसेको थियो । प्रदेससभा (२) मा एक स्वतन्त्र सहित आठ जनाले उम्मेदवारी दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...