सङ्खुवासभाको प्रदेशसभा (१) मा माओवादीका कार्की विजयी

46

खाँदबारी, ९ मंसिर । सङ्खुवासभाको प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित भएका छन् । उनी १३ हजार ४३३ मत ल्याएर निर्वाचित भएका हुन् ।

सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार ३९९ मत ल्याउनु भएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार ५०४ मत खसेको थियो ।

सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (२) को मतगणना जारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...