धनकुटामा एमालेको ‘क्लिन स्विप’

177

धनकुटा, ८ मंसिर । यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार ३९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका हुन् ।

राईले ३० हजार १०१ र नेपाली कांग्रेसका थापाले २८ हजार ७०४र मत ल्याएका छन् । तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार ९२६ मत ल्याएर तेस्रो स्थानमा रहे ।

त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अर्जुन राईले १० हजार ३२६ मत प्राप्त गरे ।

प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली विजयी भएका छन् । पराजुली १५ हजार ७९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कुसुमकुमारी श्रेष्ठले ११ हजार २३० मत प्राप्त गर्नुभएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१) मा चार र प्रदेश (२) मा सात उम्मेदवार प्रतिस्पर्धामा थिए ।

Share This:
सम्बन्धित खबर
Loading...