भक्तपुर–२ मा दुर्लभ थापा विजयी

50

काठमाडौँ, ८ मंसिर । भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा (एमाले)का महेश बस्नेतलाई ९५९ को मतान्तरले पराजित गरेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कुल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सोमध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार २७९ मत प्राप्त गरेका छन् ।

भक्तपुर–२ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुंगेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...