झापा–५ मा एमाले अध्यक्ष ओली विजयी

73

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् ।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार ६१९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् ।

अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...