गुल्मी, ७ मंसिर । गुल्मीको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का गोकर्णराज विष्ट विजयी भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन् ।
यस क्षेत्रमा कुल ५८ हजार ७५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार ४८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।
उनको प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
उनले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जितेका छन् । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए ।