ताप्लेजुङमा योगेश भट्टराई २०८ मतान्तरले विजयी

64

काठमाडौँ, ७ मंसिर । नेकपा (एमाले) सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाएका छन् ।

बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौँ ६ बाट पराजित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...