दाङ २ मा रेखा शर्माको अग्रता कायमै

222

दाङ, ७ मंसिर । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३५ हजार ३६० मत गणना भएको छ ।

पछिल्लो मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेखा शर्माले १३ हजार २०४ मतका साथ अग्रता कायमै राखेकी छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ११ हजार ५८८ मत प्राप्त गरेका छन् । यी दुईबीचको मतान्तर १ हजार ६१६ रहेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ६ हजार ३५० मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा कुल मतादाता १ लाख ३३ हजार ७४८ रहेकोमा ७९ हजार ४४६ मत खसेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...