इलाम–१ मा महेश बस्नेतको अग्रता कायमै, झलनाथ १५०७ मतले पछि

59

इलाम, ६ मंसिर । चुनावी मैदानमा रहेका पाँचजना पूर्वप्रधानमन्त्रीमध्ये नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको जित कठिन बनेको छ ।

इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट सत्तारूढ गठबन्धनको साझा उम्मेदवार खनाल मंगलबार राति ८ बजेसम्मको मतगणनाअनुसार करिब १५ सय मतले पछाडि छन् ।

मतगणनाको सुरूदेखि नै पछि परेका खनाल विगतमा आफ्नै कार्यकर्ता रहेका महेश बस्नेतसँग प्रतिस्पर्धामा छन् ।

नेकपा (एमाले) उम्मेदवार बस्नेत १० हजार २८७ मतसहित अग्रस्थानमा रहँदा खनाल ८ हजार ७८० मतसहित दोस्रो स्थानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...