रोल्पा, ६ मंसिर । रोल्पा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका मतगणना जारी रहेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ १५ हजार दुई सय ८६ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदार नेकपा (माओवादी केन्द्र)का वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन् ।
माओवादी केन्द्रका नेता पुनले नौ हजार २७७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार पूर्ण बुढामगरले तीन हजार ७४७ मत प्राप्त गरेका छन् ।