उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

123

उदयपुर, ६ मंसिर । उदयपुर–२ मा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएको र एमालेका रायमाझी विजयी भएको जानकारी दिए ।

यद्यपि, औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने भण्डारीले जनाए ।

यो क्षेत्रमा एमालेका रायमाझीले सत्तारूढ गबन्धन नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडालाई पछि पारेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...